29, Apr, 2024

साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढ्यो कारोबार रकम १ अर्बमाथि

Bagmati Voice
संवाददाता
२४ भाद्र २०८०, आईतवार १५:५१ | ७ महिना अगाडी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।
आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा कारोबारबाट ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरु बढेको छ । आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

हिमाल दोलखा हाइड्रोका लगानीकर्ताले सर्वाधिक ७.८१ प्रतिशतले गुमाए । मन्जुश्री फाइनान्स डिभेञ्चर, सिंगटी हाइड्रोसहितका धितोपत्रको मूल्य समेत धेरैले घटेको छ ।

२४ भाद्र २०८०, आईतवार १५:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading