वि.सं.२०८३ भदौ ११ बिहीवार

रसुवागढी–केरुङ बाढीपहिरो: पूर्वसूचना नदिएको आरोप भ्रामक र असत्य भएको चिनियाँ दूतावासको दाबी

khanepani

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबारे चीनले समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई चिनियाँ दूतावासले खण्डन गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले एक स्पष्टीकरण जारी गर्दै ती भनाइहरूलाई पूर्णतः भ्रामक, असत्य र ‘फेक न्युज’ भएको जनाएको हो। चीनले पूर्वचेतावनी नदिएका कारण नेपालतर्फ मानवीय क्षति भएको र चीनतर्फको भौगर्भिक विपद् बाँध भत्किँदा नोक्सानी व्यहोर्नुपरेको भन्ने दुवै आरोपलाई दूतावासले अस्वीकार गरेको छ।

दूतावासको दाबीअनुसार २६ अगस्ट २०२६ को बिहान नेपालतर्फ नै भूकम्प वा भूकम्पजस्तै हिमपहिरो गएको थियो, जसका कारण विशाल पहिरो निम्तिन पुगेको हो। सोही प्राकृतिक विपद्ले रसुवागढी–केरुङ सीमा क्षेत्रमा नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति पुर्‍याएको तथा मानिसहरू बेपत्ता भएको चिनियाँ पक्षले स्पष्ट पारेको छ।

विपद्को यस संवेदनशील घडीमा एकअर्कालाई दोषारोपण गर्नुको सट्टा मिलेर उद्धार तथा राहतमा खटिनुपर्नेमा जोड दिँदै दूतावासले आरोप–प्रत्यारोपले कुनै समाधान नदिने र आपसी सहकार्यले मात्र जीवन बचाउन सकिने सन्देश दिएको छ।

ranechhap