काठमाडौं । लेख नै त लेख्ने विचार थिएन । फेसबुक पेजमा स्टाटस लेखेपछि गल्ती गर्ने महाभ्रष्टचारीहरुको बुद्धिको विर्को खुल्ला र रामेछाप नगरपालिकामा हुने गरेको विगतदेखिको अनियमितता र भ्रष्टाचारको शिलशिला रोकिएला भन्ने लागेको थियो ।
तर, भ्रष्टाचारी र मातृभूमिमा बसेर गरिव जनताले तिरेको करमा डुवुल्की मारेर रमाउने महाअपराधिहरुलाई कठाराघरमा नलगेसम्म चेत नआउने निश्कर्ष उनीहरुले निकालेको विज्ञप्तिले पनि पुष्टी गरेको छ ।
भ्रष्टाचारीहरु आफ्नो भ्रष्टाचारको मुखुण्डो छोप्न हतार हतार सरकारी स्रोत र साधनको कसरी दोहन गर्दछन भन्ने उदाहरण पनि हो विज्ञप्ति।
रामेछापमा लबश्री न्यौपाने समग्रमा राम्रा मान्छेको लिष्टमा रहेका थिए । उनी लाभको पदमा नबसेका मानिस हुन । उनले एकै पटक रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको मेयरमा चुनाव जितेका मानिस हुन । म (यो स्तम्भकार) पनि रामेछाप जिल्ला यहि नगरपालिकाको स्थायी बासिन्दा हुँ । समग्रमा भन्ने हो भने चुनाव यीनैले जित्दा राम्रो हो भन्ने लागेर काठमाडौं देखि रात विहान गरेर गएर भोट पनि यीनैलाई हालेको थिए ।
चुनावमा भोट हालेको विषय गोप्य हुन्छ तर, पनि म बाध्यभएर आज सार्वजनिक गर्दै छु । तर, यी मेयर भएपछि रामेछाप नगरपालिकामा खासै उल्लेखनिय प्रगति भएको छैन । नेपाली कांग्रेसका देखिएका नेता कार्यकताहरुलाई ठेक्का पट्टा दिने र हिसाव किताव मिलाउने भन्दा पर सिन्को पनि भाँचेका छैनन ।
भ्रष्टाचारी मेयर न्यौपाने होइन होला ? तर, नगरपालिकाको मेयर भएपछि त्यहाँ भएका राम्रा र नराम्रा कामको जिम्मेवारी पनि यीनै मेयर न्यापानेले लिनु पर्छ ।
म रामेछापको स्थानिय मात्र हैन, काठमाडौलाई कर्मक्षेत्र बनाएर २६ बर्षदेखि पत्रकारीतामा सक्रिय छु । म पत्रकार मात्र हैन, पत्रिका संचालक पनि हुँ । मैले लामो समय साप्ताहिक पत्रिका संचालन गरेको थिए भने, अहिले नेपाली जनता डटकम र बाग्मती भ्वाइस डटकमसहित दुईबटा अनलाइन न्युज पोर्टल पनि संचालन गरिरहेको छु ।
स्वर्णिमा मिडिया ग्रुप प्रालिले नयाँ बर्ष २०८२ को टेवल क्यालेण्डर प्रकाशित गरेको छ । उक्त क्यालेण्डर फेसबुक वालमा पनि पोष्ट गरिसकेको छु । उक्त क्यालेण्डरमा रामेछाप नगरपालिकाको जनचेतना मुलक संन्देश प्रकाशित भएको छ ।
उक्त क्यालेण्डरको भुक्तानीको विषयमा कुरा गर्दा हाँसी मजाक गर्दै धेरै त किन माग्नु ५० हजार दिनुस न भनेको सत्य हो । उनले सकिर्दैन भन्र्दै अलिक टर्रो भाषा प्रयोग गरेपछि मैले भ्रष्टाचार र अनियमितताको विषय उठान गरेको पक्कै हो । त्यो पनि हाँसी हाँसी बोलेको अडियोमा सुन्न सकिन्छ । तर, उनी नै बेसुरमा अतालिन थालेपछि अलिकति मैले पेलेर कुरा गरेकै हुँ । यो लुकाउनु पर्ने विषय होइन ?
मैले राज्यले निदृष्ट गरेको विज्ञापन माग्न पाउने अधिकार प्रयोग गरेको हुँ । भुक्तानीको लागि विल काटेको पनि छैन । मैले मेरो फेसबुक वालमा दुई लाइनको स्टाटस लेखेर पोष्ट गरेको पनि सत्य हो । मेयरमा लबश्री न्यौपानेको कार्यकालभरको कामको विवरण स्वतन्त्र ढंगले छानविन गर्ने हिम्मत छ कि छैन मेयर साप भनेर कसैले सोधेमा त्यसको जवाफ के दिनु हुन्छ ?
स्टाटसपछि आएको केमेन्टले पनि रामेछाप नगरपालिकामा के भएको छ वा के भएको छैन भनेर बुझ्न सकिन्छ । एउटा नागरिकको स्टाटसले भतभती मुटु पोलेपछि नगरपालिकाको लेटरप्याट दुरुपयोग गरेर विज्ञप्ति निकाल्नु पनि अख्तियारको दुरुपयोग हो भन्ने हेक्का मेयर सापलाई छ कि छैन ? कि मेयरको दम्भ नै कायम छ । मेयर पद केहि समयका लागि मात्र हो भन्ने हेक्का छ कि छैन ?
मसगँ उनीसँगको सम्बादको अडियो सुरक्षीत छ । आवश्यक परे त्यो सार्वजनिक गर्न सक्छु । स्थानिय तहमा व्यापक भ्रष्टाचार हुने गरेका कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीलाई पनि लिन सकिन्छ ।
यहि नगरपालिकामा पनि वडाअध्यक्षहरुले श्रीमतिका नाममा फर्म राखेर नगरपालिकाकै करोडौ करोडको ठेक्का लिन कुन नियम र कानूनले दिन्छ मेयर साप जवाफ छ ? विज्ञप्ती निकाल्नु ठुलो कुरा होइन, त्यो विज्ञप्तीको बारेमा भोलि सरोकारवालाहरुलाई जवाफ दिन हम्मे हम्मे पर्ला ख्याल राख्दा तपाईकै भलो होला ? किन कि तपाई राजनिति कर्मी हो ? तपाईको पेशा राजनिति नै हो ?
व्यक्तिगत विषयमा उठेका सवालमा व्यक्तिगतरुपमानै जवाफ दिनु हिम्मत मेयर सापले गर्न नसक्नु र नगरपालिकाको लेटर प्याड प्रयोग गरेर विषय बस्तुलाई विषयअन्तर गरेर विज्ञप्ती निकाल्नुले मेयर साप विछिप्त अवस्थामा थिए कि ? भन्ने प्रश्न पनि उठेको छ । उनी सहि सलामत भएर नगरपालिकाको लेटर प्याड प्रयोग गरेका होइन, भन्ने अर्थ जान्न, उनले निकालेको विज्ञप्तिलाई लिन सकिन्छ ।
नगरपालिकाका पदाधिकारीहरु साँडे गोरु जस्तै छाडा भएको कुरा जनमानसमा उठेको छ । यनिहरुको सद्बुद्धि पलाएन भने, हामीले अप्रिय निर्णय लिनु पर्ने अवस्था नआओस भनेर चेतवानी पनि दिन चाहन्छु । सरकारी पैसामा पौडि खेलेर उन्मात्त नहुन पनि म आग्रह गर्दछु । हामि सरकारी नियम अनुसार दर्ता भएर संचालन भएका समाचार पोर्टल चलाउँछौं । केहि मानिसहरुलाई रोजगारी पनि दिएका छौं । तपाईहरु जस्तो लठुवा हामी होइनौं । राष्ट्र र जनता प्रति प्रतिबद्ध छौं ।
फेसबुकमा लेखिएको स्टाटससँग फेद टुप्पाकै कुनै साइनो नभएका मासिनहरुको नाम जोडेर विज्ञप्ति निकाल्नु कतै हामिसँगको दुष्मनी भन्दा पनि निहुँ चाहिएको थियो कि भन्ने कुरातिर पनि विज्ञप्तीले संकेत गरेको छ । यसरी गलत र भ्रामक अपराधलाई छोप्ने प्रयास गर्न खोजिएको हो भने तिमिहरुका अपराधलाई छताछुल्ल बनाउन बाध्य नबनाउन पनि म मेयर सापलाई चेतवानी दिन चाहन्छु ।
भ्रष्टाचारले टुप्पी छोपेर धेरै दिन जोगिन सकिर्दैन भन्ने हेक्का पनि राख्न आग्रह गर्दछु । रामेछाप नगरपालिकाका हाम्रा शुभचिन्तकहरुको आग्रहलाई मध्येनजर गरेर आज यति ?







































