वि.सं.२०८३ भदौ १७ बुधवार

प्रतिनिधिसभा बैठक आज बस्दै, भोटेकोशी-त्रिशूली बाढीको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गरिने

khanepani

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे नयाँ सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बस्दै छ।

आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसले पुर्‍याएको व्यापक जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ‘विशेष प्रस्ताव’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।

विशेष प्रस्तावमार्फत बैठकले २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी र बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटका साथै धादिङ, चितवन र गोरखाका तटीय क्षेत्रमा ठूलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकको मृत्यु भएको तथा बेपत्ता भएको घटनाप्रति औपचारिक शोक प्रकट गर्नेछ।

साथै, उक्त प्राकृतिक विपत्तिबाट घरबारविहीन बनेका नागरिकको तत्काल पुनर्स्थापना र उचित व्यवस्थापनको माग गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना, दिवङ्गतप्रति चिरशान्तिको प्रार्थना र शोकसन्तप्त परिवारजनप्रति संसद्‌को तर्फबाट हार्दिक समवेदना व्यक्त गरिनेछ।

ranechhap