वि.सं.२०८१ फागुन १ बिहीवार

आयोजनामा मन्त्री यादवको ठाडो हस्तक्षेप, कर्मचारीहरुको मनोवल गिर्नेगरि सरुवा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय(पिआईडी)मा खानेपानी मन्त्री प्रदिप यादवले ठाडो हस्तक्षेप गरेका छन ।

उनले भारतीय एक ठेकेदारलाई खुसी बनाउन आयोजनाका सिडिईलाई चुट्कीका भरमा सरुवा गरेका छन । आयोजना प्रबन्धक योगेन्द्र चित्रकारलाई रातारात मन्त्रालयमा सरुवा गरेर उनको ठाउँमा प्रभात श्रेष्ठलाई सरुवा गरिएको छ । प्रभातले अहिले आयोजनामा नजाने प्रस्ताव राखेका थिए । तर, मन्त्री यादवले उनको कुरा नै सुनेनन ।

राजधानीका तीन ठाउँमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणको लागि ठेक्का भएको लामो समयसम्म ठेकेदारले काम नगरेपछि आयोजना प्रबन्धकको हैसियतले ठेकेदार कम्पनीलाई पत्र लेख्ने प्रस्ताव उठाएकै बहानामा चित्रकार रातारात सरुवा भएका हुन ।

ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेदेखि विवादमा तानीदै आएको छ । यसमा मन्त्री यादव प्रत्यक्षरुपमा जोडिएका छन । उनले ठेक्का सम्झौता गर्ने आयोजना प्रमुखलाई पनि यहि शैलिमा सरुवा गरेर टिकाबहादुर चौधरीलाई आयोजना प्रमुख बनाएका हुन । त्यतिखेर तीन करोडको खेल थियो । उक्त ठेक्का सम्झौता बापतको हस्ताक्षर मनीमा मन्त्रीले लोभ गरेपछि आयोजना प्रमुखको सरुवा गरिएको थियो । यो विषय विवादीत नै थियो । केहि लोभीपापीहरुले तत्कालीन आयोजना प्रमुखले लोभ गरेको आरोप पनि लगाएका थिए ।

केहिले यसमा मन्त्रीले लोभ गरेर रकम चप्काउन उक्त खेल खेलेको आरोप पनि लगाएका थिए । तर, यतिखेर आएर उक्त कुराको पुष्टि भएको छ । पहिलो किस्ता मविलाइजेसन वापतको १० प्रतिशत रकम करिव ६० करोड ठेकेदारले लगि सकेका छन ।

पहिलो किस्ता ठेकेदार कम्पनीले भाद्र महिनामा लगेको थियो तर उक्त पैसाले उनले काम नै शुरु गरेनन । दोस्रो किस्ता १० प्रतिशत ६० लाख दिन मन्त्रीले आयोजनाका प्रबन्धक चित्रकारलाई सरुवा गरेर बतावरण बनाउने प्रयास गरेका छन । काम शुरु भएपछि भुक्तानी दिनु पर्ने रकम काम नै शुरु नगरिकन दुतावास र एशियाली विकास बैकले पनि गुमाउरो दवाव दिएको समाचार स्रोतले दावी गरेको छ ।

ठेकेदारलाई पैसा दिन मन्त्री यादवले आयोजनालाई दवाव दिएका छन । त्यसमा आयोजनाका लेखाका उपसचिव गणेशप्रसाद चालिसे र लेखाका अधिकृत ओम अधिकारी लागि परेका छन । तिथि बसाउन आयोजनामा सरुवा भएर आएका चालिसे १.३ प्रतिशतका लागि मन्त्री यादवसँग घाँटी जोड्न मन्त्रालयमा पुगेका छन ।

त्यसैगरि सघिय खानेपानी आयोजनाबाट कार्यसम्पादन हुने डिपिआरमा खानेपानी विभागका उपमहानिर्देशक र मन्त्रीका नीजी सचिवले मन्त्रीका खास मानिसहरुलाई काम बाँडफाँड गरिरहेका छन । यस सम्बन्धका २० वटा आयोजनाहरुको पुरा विवरण, काम कुन कुन आयोजनामा कति र कुन कुन मानिसले काम गरिरहेका छन भन्ने विवरण पाठकहरुलागि अवश्य पनि अर्को समाचारमा आउने छ । यसमा ४० प्रतिशतसम्म कमिशनमा काम लगाईएको समाचार स्रोतले दावी गरेको छ ।

Untitled