काठमाडौं ।काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का सिइओ अशोककुमार पौडेल धमिलो पानीमा माछा मादै । पौडेल एमालेका नेता विष्णु पौडेल र राष्ट्र बैकका पूर्व गर्भनर युवराज खतिवाडाको आर्शिवाद प्राप्त व्यक्ति हुन ।
उनी केयुकेएलमा यौन दुराचारी, भ्रष्ट र सुरासुन्दरीका भोगि, उपल्लो तहका कर्मचारीका शंरक्षक हुन । उनको नेतृत्वमा केयुकेएलमा भ्रष्टाचार र कुशासन मौलान पुगेको छ । आफ्नो पद जोगाउन नक्कली वीलको भुक्तानी दिने र भ्रष्ट र महिला कर्मचारीलाई अपमान गर्ने शाखा प्रमुखहरुको संरक्षणको काम गदै आएका छन । कार्यालयमा भन्सा चलाएर दैनिक ४ पटक खाना खाने खन्चुवा सिइओ पौडेललेको नेतृत्व केयुकेएलमा आएदेखि केयूकेएल धरासायी बन्दै नक्कली वील भुक्तानीको अखडा बनेको छ ।
केयुकेएल संचालन समिति र मन्त्रालय समेत, भ्रष्टाचारीहरु र यौन दुराचारीहरुको रक्षा कबज बनेको केयूकेएल स्रोतले दावी गरेको छ । केयुकेएलमा यहि चैत्र १ गतेदेखि लागू हुने गरि सबै शाखाहरुमा कर्मचारीहरु कै श्रीमति, भन्जा, दाजुभाईलाई पैसा खाएर ज्यालादारीमा कर्मचारी भर्ना गर्न थालेको समाचार प्राप्त भएको छ । जेन्जी मन्त्री र मन्त्रालयका कर्मचारीहरुको मिलेमतोमा केयूकेएलका सिईओ पौडेल र उनको टिम पैसा उठाउन र अनियमित किसिमले कर्मचारी भर्ना गरेर आर्थिक आर्जनमा लागेको समाचार छ ।
महाँकालचौर शाखा, ठिमि शाखा, महराजगञ्ज शाखा किर्तिपुर शाखामा कर्मचारीहरुकै श्रीमति, भाईहरुले जागिर पाउन थालेका छन । कर्मचारीहरुले केयूकेएलका सिइओ पौडेल, उनका सहयोगि विक्रम आर्चाय र विभागका प्रमुख प्रकाशकुमार राईलाई पैसा उठाएर दिएपछि कर्मचारी भर्नाको बाटो खुलेको केयूकेएल स्रोतले दावी गरेको छ ।
केयुकेएलका सिइओ पौडेल, आर्चाय र राई दिउँसै रात पार्न बाहिर देखिएका छन । आफु भन्दा माथिका निकायमा ढाटछल गरेर अनियमित र भ्रष्टाचारलाई संस्थागत गरेर अकुत धन आर्जन गरिरहेको बुझिन आएको छ ।
केयुकेएलको संचालक समिति भत्तामा रमाउदा उनीहरुको स्वार्थ फस्टाउन पुगेको हो । खानेपानी मन्त्री पनि सुधारतिर भन्दा कमाउने खेलमा बढी रमाउन थालेका कारण मन्त्रालय समेत भ्रष्टाचार र अनियमित काममा मुछिन पुगेको छ ।
खानेपानी मन्त्रालयमा महिला कर्मचारीहरुलाई अपमान गर्ने ठुला कर्मचारीहरुको मान, सान दैनिक बढ्ने गरेको छ । बालेन सरकार गठन हुनु भन्दा पहिले नै आफ्नो स्वार्थ पुरा गराउने काममा कर्मचारीहरु लागेको पाइएको छ । यसरी अनियमित काम गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्दा समेत आयोग आफ्नो जिम्मेवारी मन्त्रालयका कर्मचारीहरुलाई सुम्मेर चिर निद्रामा सुतेको कारण भ्रष्टाचार अनियमितता बढ्ने गरेको छ ?
महाँकालचौर शाखामा प्रशासन प्रमुखले श्रीमतिलाई जागिर खुवाएका छन भने ढिमी शाखाका प्रशासन प्रमुखले भाईलाई जागिर खुवाएका छन । महाराजगञ्ज शाखामा पैसा खाएर कर्मचारीहरुको भर्ना गरिएको छ ।
कार्यालय प्रमुखहरुलाई पैसा र रस्की भए पुग्ने भएपछि अरु कर्मचारीहरु पैसा आउने बाटो खोज्न तल्लीन देखिएका छन । केयूकेएलमा विक्रम आर्चायले एमाले र कांग्रेसका कर्मचारीहरुलाई च्यापेर अरु विचार राख्नेलाई पेल्न लागेका छन । केयुकेएलमा एक नम्बर भ्रष्ट आचार्य देखिएका छन । उनले आफ्नो विवहाका लागि शाखा शाखाबाट पैसा उठाएको चर्चा पनि केयुकेएलमा चल्ने गरेको छ ।







































