वि.सं.२०८३ भदौ १७ बुधवार

गण्डकी प्रदेशमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, न्यौपानेलाई भौतिकको जिम्मेवारी

khanepani

पोखरा । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्ने भएका छन् । एमालेले छोडेको मन्त्रालयमा देवकोटालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन थालिएको हो ।

यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

गण्डकीमा भौतिक र ऊर्जा मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन् ।

ranechhap