वि.सं.२०८३ भदौ २४ बुधवार

रसुवा बाढी अपडेट: सुरक्षाकर्मी र पर्यटकसहित ८२६ जना बेपत्ता

khanepani

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय नागरिकसहित कुल ८२६ जना सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट ठूलो संख्यामा मानिसहरू बेपत्ता भएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना, सशस्त्र प्रहरी बलका १३ जना र ५७९ जना पर्यटक रहेका छन्। यसैगरी रसुवाका १६१ जना स्थानीय बासिन्दा तथा नुवाकोटका १ जना पनि बाढीपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। हाल उनीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

ranechhap