काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा सिइओ अशोककुमार पौडेल विरुद्ध उनी बाहेकका सबै व्यवस्थापनमा रहेका अधिकारीहरु र कर्मचारी युनियनहरुवीच ९ बुदें सहमति भएको समाचार स्रोतले दावी गरेको छ ।
सिइओ पौडेलले खानेपानी मन्त्री प्रदिप यादवलाई केयूकेएल खारेजी गराउने प्रक्रिया अगाडी बढाउने निर्णय गर्नु पर्ने दवाव दिएका सिइआकोे प्रस्तावको सूचना मन्त्रालयले युनियनका नेताहरुलाई दिएपछि सिइओ पौडेललाई हटाउने प्रक्रिया अगाडी बढाउने योजनाको तानाबाना बनाउने बाटो सहज भएको समाचार स्रोतले दावी गरेको छ ।
केयूकेएलमा यस्तो योजना पहिले पनि सफल भएको छ । अहिले सिइओका अतिविश्वासीला पात्रहरु व्यवस्थापनका प्रकाशकुमार राई, योगेन्द्रबहादुर बमसमेत असन्तुष्ट प्राविधक कर्मचारीहरुको कित्तामा समेल भएपछि छलफल घनिभूत ढंगले अगाडी बढेको समाचार स्रोतले दावी गरेको छ ।
सिइओ पौडेलको नियुक्तिको केहि समयपछि प्राविधिक कर्मचारीहरु र सिइओवीच टकराव भएको थियो । त्यसका केहि समयपछि युनियनहरु र प्राविधिक कर्मचारीहरु मिलेपनि केहि युनियनका नेताहरु र केहि शाखा प्रमुखहरु सिइओका चम्चा जस्ता देखिएपछि असन्तुष्टहरु र सिइओ वीच बेला बेला नोकझोक हुर्दै आएको थियो ।
सिइओ पौडेलले कानून हातमा लिएर शाखा प्रमुखहरुको अधिकार समेत कटौती गर्दै संकुचीत गरेका थिए । केयूकेएलका कर्मचारीहरु र संचालक समितिवीच पनि सिइओ पौडेलको कार्यशैली र प्रबृत्तिका बारेमा खुलेरै छलफल भएको संचालक समिति स्रोतले बताएको हो । सिइओ कार्यशैली विरुद्ध व्यवस्थापनका अधिकारीहरुले संचालक समितिका सदस्यहरुसँग आक्रोश समेत व्यक्त गरेको एक संचालकले बताएका छन ।
सिइओ पौडेलले मन्त्रीसँग कम्पनी खारेजी वा विघटनको गर्ने प्रस्ताव नै गैरकानूनी रहेको छ । केयूकेएलको व्यवस्थापन सुधारको योजना लिएर आएका सिइओ पौडेलले विघटनको प्रस्तावले उनको केयूकेएलबाट पतनको बाटो कोरेको बुझ्न कुनै कठिनाइन नभएको एक जना कर्मचारीले भनेका छन ।
उनी भन्छन, सिइओले कम्पनी खारेजीको प्रस्ताव गरेको हो भने, उनले नैतिकताको आधारमा राजिनामा दिनु, उनको हितमा हुन्छ । उनी कम्पनी बनाउन आएका हुन । उनको संचालक समितिसँगको सम्झौतामा कहि कतै पनि कम्पनी विघटन गराउछु भन्ने लेखिएको छैन । त्यसैले सिइओ पौडेल नालायक हुन उनले भने ।