काठमाडौं । ट्रिटन मा.वि. तथा कलेज (Triton SS & College) ले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ ।
कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्धार, राहत र पुन:स्थापनाका लागि २ लाख २२ हजार २२२ रूपैयाँ सहयोग गरेको हो ।
आकस्मिक र विनाशकारी बाढीका कारण जनधनको अपूरणीय क्षति भएकोप्रति दुःख जनाउँदै कलेजले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
कलेजको बोर्ड बैठकको निर्णयअनुसार पदाधिकारी, शिक्षक-शिक्षिका तथा कर्मचारीहरूको भदौको मासिक तलबबाट एक दिनको तलब र संस्थाको तर्फबाट थप रकम संयुक्त रूपमा संकलन गरिएको प्रोग्राम प्राचार्य मदन शाक्यले बताए ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने प्रोग्राम हेड कुमार थापाले जानकारी दिए ।







































