वि.सं.२०८३ वैशाख १८ शुक्रवार

साल्ट ट्रेडिङ कर्पोरेसनले ल्यायो साढे १७ हजार मेट्रिक टन युरिया,किसानमा देखियो उभंग

khanepani

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले तीन सातायता वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट करिब साढे १७ हजार मेट्रिक टन युरिया मल भित्र्याएन सफल भएको छ ।

कर्पोरेसनले आयात गर्न लागेको ३२ हजार मेट्रिक टन युरियामध्ये २७ हजार मेट्रिक टन सुक्खा बन्दरगाहमा र बाँकी विराटनगर नाकाबाट आउन लागेको कर्पोरेसनले जानकारी दिएको छ ।

वीरगन्ज आउने २७ हजारमध्ये १७ हजार ५ सय मेट्रिक टन भित्रिइसकेको र बाँकी पनि आगामी साताभित्रै वीरगन्ज आउन सक्ने बताइएको छ। २ हजार ५ सय मेट्रिक टन युरिया मल भारतको कोलकाता बन्दरगाहमा रेलवे र्‍याकमा लोड भइसकेको छ । त्यसपछि बाँकी मल पनि निरन्तर आउनेछ । विराटनर आउने मल पनि सीमापारि भारतीय रेलवे स्टेसनमा आइरहेको छ ।

वीरगन्ज शाखामा आइसकेको युरिया मलमध्ये माग भएका झन्डै ६० जिल्लामा परिचालन भइसकेको कर्पोरेसनले जानकारी दियो । ‘माग भएका जिल्लामा निरन्तर मल परिचालन गरिरहेका छौं,’ कर्पोरेसनले भनेको छ,, ‘विराटनगर कार्यालयले हेर्ने प्रदेश २ का सप्तरी र सिरहाबाहेक प्रायः जिल्लामा वीरगन्जबाटै मल पठाएका छौं ।’ यो मलले लामो समय माग नधाने पनि तत्कालका लागि किसानको माग धेरै हदसम्म पूर्ति गर्ने कर्पोरेसनले बतायो ।

कर्पोरेसनले ग्लोबल टेन्डरबाट आयात गरेको यो मल भारतको गुजरातस्थित कान्डला बन्दरगाहमा करिब ३ महिना अड्किएको थियो । तेस्रो मुलुकबाट आयातित मल बोकेका जहाज ठेकेदारले भूलवश कान्डला बन्दरगाहमा लगेपछि मल त्यहाँ थन्किएको थियो ।

उक्त बन्दरगाह नेपालका लागि खुला नरहेकाले त्यहाँ अड्किएको मल सोझै नेपाल ल्याउन सकिएको थिएन । पछि मल बोकेका जहाज कोलकाता बन्दरगाह फिर्ता लगेर वीरगन्ज ल्याउन थालिएको हो । नीजी क्षेत्रले मल ल्याउने सझौता गरेपनि ल्याउन नकेको थिएन । तर, साल्ट ट्रेडिङ कर्पोरेसनले नेपाली किसानहरुका लागि मल ल्याएर किसानको दुःखमा मलम पट्टी लगाउने काम गरेको छ ।

ranechhap