वि.सं.२०८३ भदौ ४ बिहीवार

लघुवित्त पीडितका माग सम्बोधन गर्न नेपाल बार एसोसिएसनको आग्रह

khanepani

काठमाडौँ । नेपाल बार एसोसिएसनको मानव अधिकार तथा जन सरोकार समितिले काठमाडौँमा आन्दोलनरत लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।

समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै माइतीघर मण्डला र पुलचोक क्षेत्रमा धर्नामा बसेका पीडितको समस्याप्रति ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न जिल्लाबाट पैदलै काठमाडौँ आइपुगेका लघुवित्त पीडितले ऋण तथा ब्याज मिनाहा हुनुपर्ने र वित्तीय शोषण अन्त्य हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। मध्य वर्षाको घाम-पानी पालैपालो सहँदै शान्तिपूर्ण दबाब दिइरहेका अभियानकर्ताको समस्या बुझ्न र उनीहरूका मानव अधिकारको सम्मान गर्दै माग पूरा गर्न समितिले जोड दिएको छ।

विज्ञप्तिमा सदस्य सचिव अधिवक्ता किरण न्यौपाने र सह-संयोजक अधिवक्ता डा. राजेन्द्र घिमिरेले ‘यसअघि गठित समितिहरूले बुझाएका प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न’ नेपाल सरकारलाई अनुरोध गरेका छन्।

ranechhap