वि.सं.२०८३ भदौ ३ बुधवार

देशभर मनसुनी वायुको प्रभाव: पहाडी भेगमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

khanepani

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानआसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, पहाडी भेगका धेरै ठाउँहरू तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, उच्च हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही क्षेत्रमा हुरीबतास चल्ने सम्भावना छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली, पहाडी तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा तथा हिमाली भूभागमा हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

ranechhap