वि.सं.२०८३ भदौ ३ बुधवार

पूर्वाधार मन्त्रीको जिल्ला भ्रमणलाई पूर्वाग्रहले नगरौं : सांसद भुसाल

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले साढे चार महिनामा पूर्वाधारमन्त्री सुनील लम्साल ५५ जिल्ला पुगेको विषयलाई पूर्वाग्रहले हुन नहुने आग्रह गरेका छन् ।

राजनीतिमा मतभेद भए पनि मानव्य संवेदनालाई भने ख्याल गर्नुपर्ने उनको आग्रह छ । मानवीय संवेदना, कर्तव्यबोध र निष्ठा राजनीति भन्दा माथि हुनुपर्ने भन्दै उनले लम्सालको बचाउ गरेका हुन् ।

जनताका समस्या र वास्तविकता बुझ्न जिल्ला पुग्दा स्वास्थ्यमा समस्या आएपछि काठमाडौं फर्किएको उनले बताए । यस्तोमा अनावश्यक टिप्पणी नगर्न उनको आग्रह छ ।

बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको थियो । धनगढीबाट काठमाडौँमा सेनाको स्काइ ट्रकमार्फत ल्याइएको हो ।

लम्साल शनिबार अबेर साँझ आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए ।

लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पुर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।

त्यसक्रममा बिरामी भएपछि काठमाडौं आएका हुन् । उनी हाल डिस्चार्ज भइसकेका छन् ।

ranechhap