वि.सं.२०८३ भदौ ४ बिहीवार

पार्वती विकको प्रश्न : जाजरकोटका पीडितलाई उद्धार गर्नु राज्यको दायित्व होइन ?

khanepani

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) की सांसद पार्वती विकले हालै जाजरकोटमा गएको पहिरोबाट प्रभावितहरू बिचल्लीमा पर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनीहरूलाई आवश्यक उद्धार र राहत प्रदान गर्न माग गरेकी छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गर्दै सांसद विकले नागरिककाे जिउधनको सुरक्षा सरकारले नगरे कसले गर्ने भनेर प्रश्न गरिन् ।

‘८२४ जनालाई तीन वटा होल्डिङ सेन्टरमा राखिएको छ’, सांसद विकले भनिन्, ‘त्यहाँ घाइते पनि छन्, बच्चाबच्ची स्कुल जान पाएका छैनन् । प्लास्टिकको पालभित्र बस्नुपरेको छ । ६ सुत्केरी र ५ गर्भवती छन् ।’

उनले होल्डिङ सेन्टरबाहेक अन्य कतिपय व्यक्तिहरू आफन्तकोमा शरण लिएर बस्नुपरेको भन्दै यस्तो अवस्थामा सरकार किन चुप लागेर बसेको छ ? भनेर प्रश्न गरिन् ।

‘यस्तो अवस्थामा नागरिकको जिउ धनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन, वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’,विकको प्रश्न छ ।

ranechhap