वि.सं.२०८३ साउन १८ सोमवार

जेनजी आन्दोलनपछि वामपन्थी दललाई ठुलो धक्का लाग्यो : सीपी मैनाली

khanepani

काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले गत भदौमा भएको जेनजी आन्दोलनपछि वामपन्थी दललाई ठुलो धक्का लागेको बताएका छन् ।

२४औँ बोत्ले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै मैनालीले वामपन्थी पार्टीकै कमजोरीका कारण निर्वाचनमा धक्का लागेको बताएका हुन् ।

‘गत वर्ष भदौदेखि फागुनसम्म जुन परिघटना भए, त्यसले कम्युनिस्टलाई ठुलो धक्का लाग्यो । कम्युनिस्ट पाहा पछारे जसरी पछारियो । त्यसको प्रतिकात्मक रूपमा साम्राज्यवादको उपस्थिति रह्यो’, उनले भने, ‘त्यसलाई खोतल्दै जाँदा टीओबी भेटिन्छ । त्यसमा दिल्ली भेटिन्छ, वासिङ्टन भेटिन्छ। सरकार विस्थापित भएपछि केही कम्युनिस्टले प्रधानमन्त्री बनाइदिन्छ भनेर लागेको पनि देखियो । भारतलाई मजेरीमा ल्याउने एमाले हो । अमेरिकालाई मजेरीमा ल्याउने अर्को वाम पार्टी हो ।’

२०४६ सालदेखि अहिलेसम्म भएका कमीकमजोरीबारे गम्भीर समीक्षा गर्न समेत उनले आग्रह गरे ।

ranechhap