काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना सुरु भएको छ ।
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण केन्द्रको हलमा मतगणना सुरु भएको हो ।
‘सबै मत एकै ठाँउमा मिसाइएको छ । चार टिमबाट मतगणना सुरू भएको छ । सय–सय वटाको बन्डल बनाइएको छ,’ डा. देवले भने ।
मतगणनाका लागि दुई दिन समय लाग्ने डा. देव बताउँछन् ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९ सय २२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको छ ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौंं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुुसमा निर्वाचन भएको थियो ।









































