वि.सं.२०८३ भदौ १५ सोमवार

रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल छः प्राधिकरण

khanepani

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरुको यकिन तथ्याङ्क नरहेको जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताएकि छिन् ।

उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनालगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भईरहेको जानकारी दिईन्।

उहाँका अनुसार सोमबार बिहान ९ बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार ४ हजार २०२ जना बेपत्ता छन् ।

महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ हुन सक्ने छ ।

ranechhap