वि.सं.२०८३ भदौ १५ सोमवार

नागरिकलाई सरकारप्रति विश्वास दिलाउन संसद् सुचारु गर्न आवश्यक छ : निश्कल राई

khanepani

काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकलाई सरकारप्रति विश्वास दिलाउन र राज्यको उपस्थिति महसुस गराउन तत्काल संसद् सुचारु गर्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक राईले बाढी पहिरो पीडितहरूको व्यवस्थापन, राहत र पुनर्स्थापनाका विषयमा घनिभूत छलफल गर्न सदन सञ्चालन अपरिहार्य रहेको बताए ।

‘यो विपत्ति सरकारको मात्र होइन, हामी सबैको साझा समस्या हो । यस्तो बेला सबै एकजुट हुनुपर्छ, तर त्यसको मुख्य समन्वयकारी भूमिका सरकारले नै निभाउनुपर्छ,’ राईले भने, ‘सरकारले सदनलाई सुचारु गरेर जनताप्रति आफ्नो जबाफदेहिता प्रदर्शन गर्नुपर्छ । नागरिकलाई आफ्नो सरकार छ र यसले हाम्रा पीडा सुन्छ भन्ने आभास दिलाउन पनि संसद् आवश्यक छ ।’

उनले संसद् सुचारु गरी राहत वितरण, बेपत्ताको खोजी, उद्धार, पुनर्स्थापना र पुनर्संरचनाका कार्यहरूलाई निष्पक्ष र प्रभावकारी बनाउन एउटा उच्चस्तरीय संयन्त्र वा समिति गठन गर्न समेत सरकारसँग आग्रह गरे ।

राहत वितरणमा सरकारले अपनाएको एकद्वार प्रणाली र पुनर्स्थापनाका कामहरू पारदर्शी हुनुपर्ने भन्दै राईले भने, ‘सदन चलेमा मात्रै विभिन्न जिल्लाका वास्तविक समस्या र जनताका गुनासाहरू बाहिर आउँछन् । ती विषयका आधारमा सरकारले समाधानका उपायहरू खोज्न सहज हुन्छ । सरकारले हाम्रा मागहरूलाई गम्भीरतापूर्वक लिई समाधानतर्फ लाग्नेछ भन्ने हामीलाई आशा छ ।’

ranechhap