काठमाडौँ । भोटेकोशी क्षेत्रलगायत देशका विभिन्न स्थानमा आएको आकस्मिक बाढी र लेदोसहितको पहिरोका कारण भएको अपूरणीय जनधनको क्षतिप्रति केआईईसीले गहिरो दुःख व्यक्त गरेकाे छ ।
यसैबिच केआईईसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
उक्त सहयोग रकम केआईईसीको मुख्य कार्यालयसहित देशभर रहेका सम्पूर्ण शाखाहरूको संयुक्त पहल र योगदानमा सङ्कलन गरी कोषमा जम्मा गरिएको हो।
अहिलेको टड्कारो आवश्यकता भनेको विपद्मा परेका नागरिकको ‘गास र स्वास्थ्य’ दुवै जोगाउनु रहेकाे केआईईसीले जनाएकाे छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारहरूलाई आवश्यक राहत पुर्याउन र सरकारी स्तरबाट भइरहेका उद्धार तथा पुनःस्थापनाका कार्यहरूमा नागरिक स्तरबाट हातेमालो गर्न सहयाेग गरिएकाे केआईईसीकाे भनाइ छ ।







































