वि.सं.२०८३ भदौ १५ सोमवार

बाढी प्रभावित क्षेत्रमा आर्या फार्माल्यावद्वारा साढे ८२ लाख बढीको औषधि सहयोग

khanepani

काठमाडौं । बाढी प्रभावित नागरिक तथा परिवारको स्वास्थ्य उपचारका लागि आर्या फार्माल्यावले नेपाल सरकारलाई आवश्यक औषधि सहयोगस्वरूप उपलब्ध गराएको छ ।

विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार ७५० मूल्य बराबरको औषधिहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

साथै, प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक रहेको खण्डमा उपचारमा आवश्यक उपकरण तथा औषधि सहयोग उपलव्ध गराउने प्रतिबध्दता समेत व्यक्त गरेको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यस सहयोगले राहत तथा पुन:स्थापनामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आर्याले जनाएको छ ।

ranechhap