वि.सं.२०८३ भदौ १५ सोमवार

सरकारी कोषमा रकम जम्मा छ, तर जनता भोकै छन् : केपी ओली

khanepani

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारी कोषमा राहत र रकम जम्मा भएपनि रसुवा बाढी पीडित नागरिकहरू भोक भोकै बस्नु परेको बताएका छन् ।

सोमबार पार्टी कार्यालयमा एमाले बागमती र राजधानी प्रदेशले जम्मा गरेको राहत रकम बुझ्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेले राहत सङ्कलन र वितरणमा सरकारको मात्र भर नपरी सबैसँग समन्वय गर्न चाहेको ओलीको भनाइ छ ।

‘केन्द्र सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन्, राहत पुग्न पाएको छैन’, ओलीले भने,‘यो स्थितिलाई अन्त्य गरौँ भनेर प्रयास गरिरहेका छौँ ।’

ranechhap