वि.सं.२०८३ भदौ १६ मंगलवार

अष्ट्रेलियाले नेपालमा बाढीपीडितका लागि सी–१७ए विमानमार्फत राहत पठाउँदै

khanepani

काठमाडौं। अष्ट्रेलियाले नेपालमा बाढीबाट प्रभावित समुदायका लागि मानवीय सहायता पठाउने भएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अष्ट्रेलियाली वायुसेनाको सी–१७ए विमानमार्फत राहत सामग्री नेपाल पठाइने जानकारी दिएका हुन्।

अल्बानिजले सामाजिक सञ्जालमार्फत सी–१७ए विमानमा मानवीय राहत सामग्री, आवश्यक उपकरण तथा जनशक्ति राखेर नेपाल पठाइने बताए। उक्त टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित समुदायलाई सहयोग गर्ने छ।

अल्बानिजले बाढीपछि नेपालमा बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै भनेका छन्– ‘बेपत्ता रहेका अष्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति हाम्रो साथ छ।’

उनले नेपाललाई आवश्यक परेको स्थानमा सहयोग पुर्‍याउन अष्ट्रेलिया निरन्तर काम गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

ranechhap