28, Apr, 2024

ढुवानी व्यवसायी महासंघ नेपालको ६औं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा चैत ३ गते काठमाडौंमा हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
३० फाल्गुन २०८०, बुधबार १३:०३ | १ महिना अगाडी

काठमाडौं । देशभरका ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको ६औं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभा चैत ३ गते काठमाडौंमा हुने भएको छ ।

साधारण सभाको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिको प्रमुख आतिथ्यथामा हुने महासंघका महासचिव अरुण कुमार श्रेष्ठले बताए ।

महाधिवेशन तथा वार्षिक साधारणसभामा देशभरबाट तीन सयभन्दा ढुवानी व्यवसायी तथा प्रतिनिधिहरुको सहभागीता रहने छ । २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघका १८ वटा स्थानीय सस्थाहरु समेत आवद्ध रहेका छन् ।

छैठौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाबाट ढुवानी व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ ।

वार्षिक साधारणसभामा ढुवानी व्यवसायी महासंघ र गण्डकी विश्वविद्यालय बीच ढुवानी क्षेत्रको सम्भावना समस्या र समस्या समाधानका लागि अध्यननका गर्ने सम्झौता पत्रमा हस्ताक्षर पनि हुनेछ ।

३० फाल्गुन २०८०, बुधबार १३:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading