काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सिमा व्यवस्थापन, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा र आर्थिक कुटनीतिका क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताए ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले छिमेकी मुलुकहरूसँगको सीमा मामिला र विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धारका सम्बन्धमा सरकारको धारणा स्पष्ट पारे।
मन्त्री खनालकाअनुसार नेपाल र भारतबीचको सिमा क्षेत्रमा सिमा स्तम्भहरूको पुनःनिर्माण र दशगजा क्षेत्रको अतिक्रमण क्रस बोर्डर अकुपेसन को लगत संकलन कार्य अहिले सक्रिय रूपमा अगाडि बढिरहेको छ ।








































