काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका-७ बस्ने बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय बिर बहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये सुरेशलाई टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बिर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र बिर बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ ।








































