काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले जो जहाँबाट आएको भएपनि सबैको साझा उद्देश्य एउटै हुनुपर्ने बताएका छन्। जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सबैले लक्ष्य प्राप्त गर्ने गरी परिवर्तनसँग आत्मसात् गर्नुपर्ने बताए।
उनले भने, ‘राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ, फरक हुँदैन। फरक परिणाम निकाल्ने हो भने, फरक परिणाम निकाल्ने हो भने केही फरक त सोच्नैपर्छ। जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएको छ।’
उनले हिजोकै शैलीले फरक परिणाम निकाल्न नसक्ने बताए।
उनले थपे, त्यसैले हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले पनि दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ।








































