काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार दिउँसाे सुरु भएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि आकस्मिक रूपमा एमाले संसदीय दलको बैठक बसेको हो । अध्यक्ष केपी शर्मा ओली समेत सहभागी बैठकमा आगामी दिनमा एमालेले लिने रणनीतिका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।
पार्टीको चुनावी समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलनका क्रममा उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धीकरण विभागको पत्रको आधारमा पक्राउ परेका पौडेललाई मङ्गलबार बिहान काठमाडौँ ल्याइएको छ ।
पौडेललाई सरकारले राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरेको एमालेको आरोप छ । पौडेल पक्राउको राजनीतिक रूपमा प्रतिरोध गर्ने एमाले नेताहरूले बताइसकेका छन्।








































