वि.सं.२०८३ जेठ १३ बुधवार

आगामी स्थानीय तह निर्वाचनमा सफलता प्राप्त गर्ने गरी लाग्न जनप्रतिनिधिलाई सापकोटाको निर्देशन

khanepani

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले पार्टीका सम्पूर्ण शक्ति एकजुट भएर अगाडि बढेमा २०८४ मा हुने स्थानीय तह निर्वाचनमा सफलता प्राप्त गर्ने बताएका छन् । बुधबार प्रज्ञ भवन कमलादीमा स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै सापकोटाले निर्वाचनमा सफलता हासिल हुने गरी सङ्कल्प गर्नुपर्ने बताएका हुन् ।

‘पार्टीको सम्पूर्ण शक्ति प्रतिबद्धताका साथ अगाडि बढ्यौँ भने २०८४ को निर्वाचनमा गुणात्मक सफलता प्राप्त गर्न सकिनेछ । यस राष्ट्रिय भेलामार्फत त्यसतर्फ अग्रसर हुन ऐतिहासिक सङ्कल्प गरौँ’, सापकोटाले भने ।

स्पष्ट दृष्टिकोण सहित गाउँ गाउँ, टोल टोल र बस्ती बस्तीमा पुगेर नागरिकका कुरा ध्यानपूर्वक सुन्न सापकोटाले प्रतिनिधिहरूलाई आग्रह गरे । अहिले समापन वर्ष भएकाले जनप्रतिनिधिहरूले विशेष ध्यान दिनुपर्ने उनले बताए । भोलिसम्म सञ्चालन हुने भेलामा विषय विज्ञ, जनप्रतिनिधिहरूले आ–आफ्ना कुरा राखेपछि संयोजक पुष्पकमल दाहाल प्रचण्डले समापन गर्ने कार्यक्रम छ ।

ranechhap