वि.सं.२०८३ जेठ १२ मंगलवार

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

khanepani

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे।

विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखिरहेकै बेलामा सभामुखले बैठक अघि बढाएका थिए। तर रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले सदनमा तमासा देखाएको आरोप लगाएपछि विपक्षी दलका सांसदहरू थप बिच्किए।

सदनमा चर्को होहल्ला हुन थालेपछि सभामुखले बैठक रोके।

ranechhap