वि.सं.२०८३ भदौ २ मंगलवार

सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आइपिओ बिक्री गर्दै हिमालयन रिइन्स्योरेन्स

khanepani

काठमाडौ । काठमाडौ हिमालयन रिइन्स्योरेन्सले मंसिर २७ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता सेयर जारी गर्ने अनुमति पाएको थियो।

कम्पनीले प्रतिसेयर अंकित १०० रूपैयाँमा १०६ रूपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रूपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ।

सो मध्ये २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ।

यस्तै, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि पुस ११ गतेसम्म लम्बिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्राणालीमार्फत् आवेदन दिन सक्नेछन्।

ranechhap