वि.सं.२०८३ भदौ २ मंगलवार

होर्मुजबाट बाहिरिने क्रममा जहाजमाथि प्रहार, एक जनाको मृत्यु

khanepani

काठमाडौं। होर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एक जहाजलाई अज्ञात प्रोजेक्टाइलले निशाना बनाएको खबर सार्वजनिक भएको छ।

ब्रिटिस म्यारिटाइम ट्रेड अपरेसन्स अर्गनाइजेसन (यूकेएमटीओ)का अनुसार घटनामा जहाजको इन्जिन रुममा क्षति पुगेको छ। घटनामा एक जना चालक दलका सदस्यको मृत्यु भएको जनाइएको छ।

यूकेएमटीओका अनुसार घटनापछि ओमान कोस्ट गार्डले जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार गर्ने अभियान सञ्चालन गरिरहेको छ।

घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनु अघि होर्मुज स्ट्रेट हुँदै दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेका थिए।

तर पछिल्लो समय यस मार्गबाट आवतजावत गर्ने जहाजको संख्या निकै घटेको छ र अहिले केही सीमित जहाज मात्रै यस क्षेत्रबाट गुज्रिरहेका छन्।

ranechhap