वि.सं.२०८३ भदौ २ मंगलवार

सरकारसँग राजेन्द्र राईको प्रस्ताव- विश्व बजारमा नेपालको गाँजाको राम्रो डिमान्ड छ, खेती गर्न कानून बनाऔँ

khanepani

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले कानून बनाएर गाँजा खेतीलाई खुला गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गाँजा खेतीलाई वैधानिक गर्न सके देशको अर्थतन्त्र सुधार ल्याउन सकिने दाबी छ।

आफ्नो जीविकोपार्जनका निम्ति गाँजा खेती रोजेको कारणबाट धनकुटाको युवाहरू जेलमा परेको बताए।

उनले भने, ‘गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो हो। नेपालको हावापानी सुहाउँदो हिमाल, तराई, पहाडमा हुने गाँजा खेतीको निम्ति कानुन बनाऔँ, विधि बनाऔँ। यसलाई जनताको हितको निम्ति काम गरौँ, मैले त्यो निवेदन गरेको थिएँ। सरकारले ठाडो कान लागेन। सरकारले राम्रो बुझेन।’

विश्व स्वास्थ्य सङ्गठनले ९९ प्रतिशत गाँजा औषधिको निम्ति प्रयोग हुन्छ भनेर प्रमाणित गरिसकेको बताए।

उनले थपे, ‘विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्र सङ्घले गाँजा लागुऔषध होइन भनेर त्यो सूचीबाट हटाइसक्यो। आज ६२ वटा देशमा गाँजा खेती हुन्छ। त्यहाँको आर्थिक समृद्धि विशाल भएको छ। तमाम युवाहरूले रोजगारको व्यवस्था भएको छ। हाम्रो छिमेकी देश भारत १ वर्षमा ६ अर्ब देखि १० अर्बसम्म गाँजाबाट आर्थिक आर्जन गर्दछ। अहिले एसियाको विश्व बजारमा १ खरब ५० अर्ब र ९० करोड बराबरको अमेरिकी डलर बराबरको गाँजाको बजारको व्यवस्था छ।’

विश्वमा सबै भन्दा राम्रो गाँजा नेपालमै पाउने भएपनि कानुन बनाउन नसकेको बताए।

उनले थपे, ‘अब गाँजा खेतीको कानुन बनाउन, यसलाई विधिसम्मत सञ्चालन गर्ने वातावरण बनाउन माग गर्छु। गण्डकी प्रदेशले कानुन बनाएको छ, गाँजा रोप्ने बाटो खुला गरिदिएको छ। त्यहाँका जनताहरू उत्साहित छन्।’

उनले अहिले विश्व बजारमा औषधिको निम्ति सब भन्दा धेरै गाँजाको डिमान्ड रहेको बताए।

उनले भने, ‘हामीले गाँजा बेच्न सक्यौँ भने अन्तर्राष्ट्रिय मुद्रा हामीले यो देशमा जम्मा गर्न सक्छौँ। जसले यहाँको अर्थतन्त्र बलियो हुन्छ। गाँजा खेतीलाई व्यवसायीकरण गरेर अनि सङ्कलन, प्रशोधन, बजारको व्यवस्थापन गर्न सकियो भने तमाम गाउँका युवाले रोजगार पाउँछन्।’

गाँजाबाट उत्पादन भएको जुत्ता, मोजा, टोपी, सबै लुगा लगाउन मिल्न? बेच्न किन नहुने? भन्दै प्रश्न गरे।

ranechhap