वि.सं.२०८३ असार ८ सोमवार

बीआरआई शिखर मञ्चमा भाग लिन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

khanepani

काठमाडौं । बीआरआई शिखर मञ्चमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरामी परेका छन् ।

उनी हाल बेइजिङको एक अस्पतालमा भर्ना भएका छन् । छातीमा समस्या देखिएपछि राति साढे १ बजेतिर उनलाई अस्पताल भर्ना गरिएको प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

मन्त्री श्रेष्ठको अवस्था हाल सामान्य रहेको उनले बताए ।

ranechhap