वि.सं.२०८३ असार ८ सोमवार

कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा

khanepani

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुर्‍याइएको छ । दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।

२००३ सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा पुर्‍याइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

सभापति गगन थापा कार्यालयमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि त्यहाँबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याइने तय भएको छ । खरेलका पुत्र पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेलले दिउँसो १ बजे आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको जानकारी दिए ।

खरेल २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।

कांग्रेस नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतसँग काम गरेका खरेलले २०५६ मा काभ्रेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यो बेलामा उनी शिक्षा राज्यमन्त्री र महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेर काम गरेका थिए ।

केही समय कांग्रेस पार्टी कार्यालय बनाउन नसक्दा खरेलले पार्टी कार्यालय राख्नका लागि घर दिएका थिए ।

ranechhap