वि.सं.२०८३ असार ९ मंगलवार

एमालेमा जमानत जोगिँदा खुसी हुनुपर्ने दिन आए : खिमलाल भट्टराई

khanepani

काठमाडौं । नेकपा एमालेको नेता खिमलाल भट्टराईले पार्टी पुनर्गठनको मुद्दालाई विवादमा नपार्न आग्रह गरेका छन् । पुनर्गठन पार्टीको जीवनको लागि अपरिहार्य भइसकेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केन्द्रीय सचिवालयको निर्णय सही छ । पुनर्गठन कसरी भन्ने विषयमा कार्यकर्ताको राय सुझाव लिने । पुनर्गठनको विषयलाई लिएर नेताहरूको बीचमा कित्तावन्दी गर्न खोज्नु, लाञ्छित गर्नु बिलकुल बेठिक तरिका हो ।’

चुनावी परिणामलाई लिएर मै हुँ भन्ने सबैलाई जनताले तोरीको फूल देखाइदिसकेको उनको टिप्पणी छ ।

उनले थपेका छन्, ‘जमानत जोगिँदा खुसी हुनुपर्ने दिन आए । अझै होस नआएर उही पुरानै ढर्रा भयो भने त्यसपछिको अवस्था भस्मे नै हो । पुनर्गठन हुँदै जागरणको मार्गमा हिँड्ने सङ्कल्प गरौँ ।’

ranechhap