वि.सं.२०८३ असार ८ सोमवार

रास्वपाको चितवनमा जारी महाधिवेशनको बन्द सत्र ३ घण्टा बित्दासम्म भएन सुरू

khanepani

काठमाडौं । रास्वपाको चितवनमा जारी महाधिवेशनको बन्द सत्र ३ घण्टा बित्दासम्म सुरू भएको छैन ।

आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यसूची छ ।

कार्यतालिकाअनुसार बिहान ७ बजे खाजाको समय, ८:३० बजे पार्टी सभापति रवि लामिछानेले दोस्रो सत्र प्रारम्भ गर्ने रहेको थियो । त्यस्तै विभिन्न प्रतिवेदन पेश गर्ने कार्यसूची रहेकोमा अहिलेसम्म बन्दसत्रको सुरसार नभएको हो ।

महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिको प्रारम्भिक सूची प्रकाशन गरिएको छ । धेरै प्रतिनिधिहरूको रुजु गर्न बाँकी रहेकाले पनि ढिलाइ भइरहेको बताइएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले भने तालिकाभित्रकै काममा व्यस्त रहेको बताएका छन् । पूर्वघोषित तालिका अनुसार भोलि बेलुकाभित्र सबै सक्ने गरी आफूहरू लागेको उनको भनाइ छ ।

सञ्चारकर्मीसँग उनले भने, खाजा खाइसकेपछि सुरू गर्ने भन्ने हो । प्रतिवेदनउपर छलफल गरेर लगत्तै निर्वाचन तालिकामा छिर्छौँ । निर्वाचनको प्राविधिक कामहरू बिहानैदेखि चलिरहेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता फटाफट सक्ने गरी तयारी गरिरहेको छ ।
व्यवस्थापकीय कामकै व्यस्तताले नेतृत्वको विषयमा अहिले प्रवेश गरिनसकेको उनले बताए ।

ranechhap