वि.सं.२०८३ असार ८ सोमवार

रास्वपाको टुंगिएन प्रतिनिधि संख्या, बन्द सत्र सुरू हुन अझै ढिला हुने

khanepani

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको बन्द सत्र सुरू हुन अझै दुई घण्टा बढी समय लाग्ने भएको छ ।

बन्द सत्रको अन्तिम समयसम्म पनि प्रतिनिधि संख्या टुंगो लगाउन नसक्दा महाधिवेशनको बन्द सत्र ढिलाइ हुने भएको हो ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले संख्या टुङ्ग्याउन बाँकी रहेकाले ढिला भइरहेको बताए । केही बेरअघि ४ हजार २ सय जना प्रतिनिधिको नाम सार्वजनिक गरे पनि अझै छुटेकाले संकलन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

मधेश प्रदेश लगायतका प्रदेशको अधिवेशन ढिला भएको र प्रतिनिधि पठाउन ढिलाइ भएका कारण टुंगिन बाँकी रहेको बताइएको छ ।

ranechhap