काठमाडौं । सनराइज बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच १० प्रतिशतसम्म छुट सम्झौता भएको छ ।
आइतबार सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका सम्पुर्ण ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशत सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधामा हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
त्यस्तै भारतमा उपचारको लागि जाने आम नेपालीको लागि बैंकले छुटै ‘हेल्थ केयर कार्ड’ संचालनमा ल्याएको जसले अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।








































