काठमाडौं । प्रधानमन्त्री बालेन शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि बिहीबार बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्। उनीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्।
दुवै जना बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढीबाट अति प्रभावित मुख्य क्षेत्र विदुरतर्फ लागेका हुन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो धनजनको क्षति पुर्याएपछि सरकारका तर्फबाट प्रत्यक्ष अवस्था बुझ्न र राहत तथा उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री त्यसतर्फ गएका हुन्।





































