वि.सं.२०८३ भदौ ११ बिहीवार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाद्वारा तीव्र उद्धार र राहत कार्य जारी

khanepani

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरी खोजी तथा उद्धारलाई तीव्रता दिएको छ। सेनाले प्रभावित क्षेत्रबाट हालसम्म ९७ जनाको सकुशल उद्धार गरिसकेको छ, जसमा बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत तथा अन्य ६३ जनालाई स्थलमार्गबाट उद्धार गरिएको हो।

नुवाकोटदेखि चितवनसम्मको तटीय तथा प्रभावित इलाकामा खोज, उद्धार र राहत सामग्री वितरणका लागि २ हजारभन्दा बढी सैनिक फौज परिचालित छन्। गएराति सेनाका ११ वटा टोलीले जमिनबाट उद्धार कार्य सञ्चालन गरेका थिए भने ११ वटा ट्रक प्रयोग गरी प्रभावित स्थानहरूमा आवश्यक सामग्री पुर्‍याउने काम भइरहेको छ। हालसम्म टिमुरेमा चार सटल राहत सामग्री पुर्‍याइसकिएको छ। यस्तै, घाइतेहरूको प्रभावकारी उपचारका लागि थप मेडिकल टोली परिचालन गरी त्रिशूलीमा उपचार सेवा प्रदान भइरहेको सेनाले जनाएको छ।

ranechhap