वि.सं.२०८३ असार १३ शनिवार

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

khanepani

काठमाडौं । एनआईसी एशिया बैंकले एक सञ्चालक नियुक्त गरेको छ । बैंकले सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा अनुपा प्रधान राजभण्डारीलाई नियुक्त गरेको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलका अनुसार बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव सँगालेकी राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् ।

नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण समेत लिइसकेकी छिन् ।

उनले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी छिन् । तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेको उनीसँग अनुभव छ ।

ranechhap