काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले प्रभावित क्षेत्रबाट ९ वटा शव सङ्कलन गरेको सदनलाई अवगत गराए ।
मन्त्री खनालले फेला परेका शवहरूको हालसम्म सनाखत हुन नसकेको बताए । उनले भने, ‘बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन । सनाखतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।’
यसअघि मन्त्री खनालले बिहान ८ : ३७ बजे गएको भूकम्प र त्यसपछिको पहिरोका कारण ८ : ४० बजे भोटेकोसीमा बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको जानकारी दिएका थिए ।







































