काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, बेपत्ता नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।
बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। विपद्को यस कठिन परिस्थितिमा तत्काल राहत वितरणलाई प्रभावकारी बनाउन र दीर्घकालीन पुनःस्थापनाका लागि साझा राजनीतिक समझदारी निर्माण गर्न सबै दलका प्रतिनिधिहरूलाई बैठकमा उपस्थितिका लागि आग्रह गरिएको छ।








































