काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा हालै आएको भीषण बाढी र डुबानका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत ऐक्यबद्धता जनाउँदै विदेशमन्त्री रुबियोले यस कठिन घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले विपद् प्रभावितहरूको पक्षमा प्रार्थना गर्दै भनेका छन्, “विनाशकारी बाढीपछि हामी नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ; हाम्रो प्रार्थना सधैँ नेपाली जनताको साथमा छ।”
यसैबीच, विदेशमन्त्री रुबियोले बाढीपछिको उद्धार तथा राहतका लागि अमेरिकी विदेश मन्त्रालय नेपाल सरकारलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पारेका छन्।







































