वि.सं.२०८३ वैशाख २६ शनिवार

नाउपाका सुदूरपश्चिम सांसद चौधरी रास्वपामा प्रवेश, रविले गरे स्वागत

khanepani

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीको पूर्व नेतृत्व , थारुवान् थारुहट अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको बृहत् राजनीतिक समायोजन कार्यक्रममा सांसद चौधरीलाई रविले स्वागत गरे ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (२) बाट उनी ११ हजार ३१७ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले ८ हजार ५३ मत पाएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदै रावललाई पराजित गरेर सांसद भएका उनी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनेका थिए ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले केही समय नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी थिइन् । पार्टी एकताको केही समयपछि नाउपाका सांसद रास्वपामा समायोजन भएका हुन् ।

ranechhap