वि.सं.२०८३ साउन १६ शनिवार

अमेरिकी, क्यानेडियन डलरको भाउ बढ्दा घट्यो पाउण्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

khanepani

एजेन्सी । मंगलबार अमेरिकी डलर र क्यानेडियन डलरको भाउ बढेको छ भने पाउण्ड स्टर्लिङको भाउ घटेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५५ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रूपैयाँ ५३ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २ पैसा बढेको हो।

पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १७६ रूपैयाँ ६० पैसा र बिक्रीमा १७७ रूपैयाँ ३९ पैसा पाइन्छ।

सोमबार पाउण्ड एकको खरिदमा १७६ रूपैयाँ ९६ पैसा र बिक्रीमा १७७ रूपैयाँ ७५ पैसा तोकिएको थियो।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर आज ९९ रूपैयाँ १६ पैसा र बिक्रीदर ९९ रूपैयाँ ६० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा १४९ रूपैयाँ ५६ पैसा र बिक्रीमा १५० रूपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रूपैयाँ ६८ पैसा र बिक्रीमा ९१ रूपैयाँ ०८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ ८१ पैसा र बिक्रीमा ३० रूपैयाँ ९५ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ४४० रूपैयाँ ५६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ०६ पैसा तोकिएको छ।

ranechhap