काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज बुधबार नेप्से ३६.२५ अंकले घटेर २६१८.०३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५२ कम्पनिका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता शेयर ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार ३९५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबै भन्दा बढी धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिवाईसी नेपाल लघुवित्तको शेयर ५.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयरमा ८.५४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३८ करोड ३४ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको २१ करोड २५ लाख बराबरको कारोबार भएको छ ।







































