काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले आज प्राधिकरणमा पदभार ग्रहण गरेका हुन् ।
सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकबाट श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठ यस अघि प्राधिकरणको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।







































