08, Sep, 2024

जनताका आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन: अर्जुननरसिंह केसी

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ श्रावण २०८१, आईतवार १४:५७ | ४ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जननरसिंह केसीले जनताको आवाजलाई नेतृत्वले बेवास्ता गर्न नहुने बताएका छन्।

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै केसीले जनता तथा कार्यकर्ताका आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्न नहुने बताएका हुन्।

‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन,’ केसीले भने, ‘सुनुवाइ संयन्त्रको विकास जरूरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुन सक्छ।’

उनले देशब्यापी निरासा र जनआक्रोशको प्रमुख कारण– भ्रष्टाचार, दण्डहिनता, कुशासन र आर्थिक अपराध भएको बताए।

‘यसका विरुद्ध सरकार र जनस्तरको आन्दोलन कांग्रेसकै नेतृत्व र समन्वयमा हुनुपर्छ। आजसम्म चर्चित र नीतिगत भ्रष्टाचार काण्डको छानबिन गर्न कुनै पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसले नै पहलकदमी गरोस्,’ केसीले केन्द्रीय समिति बैठकमा भने।

२७ श्रावण २०८१, आईतवार १४:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading